एससिटीले सुरु गर्‍यो ‘माईकार्ड’ सेवा: व्यक्तिगत डेबिट कार्ड बनाउन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले ‘माईकार्ड’ नामको व्यक्तिगत कार्ड सेवा (Personalized Card Service) औपचारिक रूपमा सुरु गरेको छ ।

यो सेवाअन्तर्गत एससिटी नेटवर्कमा आबद्ध बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफूले इच्छाएको फोटो राखेर एससिटी–युनियनपे डेबिट कार्ड जारी गर्न सक्नेछन् । हाल आईसीएफसी फाइनान्स लिमिटेडबाट सुरु भएको यो सेवा भविष्यमा बैंकहरूको रुचिअनुसार भिसा (VISA) र नेपालपे (NepalPay) स्किममा पनि विस्तार गर्न सकिने गरी विकास गरिएको कम्पनीले जनाएको छ ।

एससिटी नेटवर्कबाहेकका बैंक तथा वित्तीय संस्थाले पनि यो ‘माईकार्ड’ प्लेटफर्म प्रयोग गरेर आफ्ना ग्राहकलाई व्यक्तिगत कार्ड सेवा उपलब्ध गराउन सक्नेछन् ।

एससिटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससिटी–युनियनपे कार्ड जारी गर्दै आएको छ । कम्पनीले आफ्नै ‘स्मार्ट स्विच’ नामको कार्ड स्विचिंग संरचनामार्फत एससिटी–युनियनपे र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड र डिस्कभर कार्ड स्वीकार गर्दै कारोबार सेवा प्रदान गर्दै आएको छ ।

विगत दुई दशकदेखि नेपालभर सुरक्षित, सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससिटी नेपालकै पहिलो घरेलु (डोमेस्टिक) कार्ड स्किम हो । कार्ड सेवाका अलावा एससिटीले विभिन्न बैंकहरूलाई स्मार्ट क्यूआर, स्मार्ट पे–आईबीएफटी (अन्तरबैंक भुक्तानी सेवा), स्मार्ट बैंकिङ मोबाइल बैंकिङलगायतका सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

‘माईकार्ड’ सेवाको सुरुवातले ग्राहकलाई थप व्यक्तिगत र आकर्षक कार्ड विकल्प दिने तथा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =