समृद्धिका लागि कम्युनिष्ट घटकलाई एकीकृत गर्न अग्रसर छुः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत राष्ट्रिय एकताको आवश्यकता रहेको बताए ।

सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिष्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ ।

उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरे ।

जेनजी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको जिकिर पनि गरे ।

बिहीवार पार्टी प्रवेश गर्नुभएका जेनजी युवापुस्तासहितलाई स्वागत गर्दै उहाँले मुलुकको वृहत्तर हितको लागि सधैं तत्पर रहन आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =