गुण्डुको निजी निवास पुगेर राजेन्द्र लिङ्देनले भेटे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बुधबार साँझ भेटवार्ता भएको छ ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार लिङ्देन भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर भेट गरेका हुन् ।

भेटका क्रममा लिङ्देनले ओलीलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गर्ने चियापान कार्यक्रममा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका छन् ।

दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिबारे पनि गहिरो विश्लेषणसहित लामो संवाद भएको प्रवक्ता श्रेष्ठले बताए ।

पछिल्लो समय राप्रपाले राष्ट्रिय एकता, हिन्दु राष्ट्र र राजसंस्थासहितका एजेन्डालाई जोड दिँदै आएको छ भने एमालेले पनि राष्ट्रियताका मुद्दामा सक्रियता देखाउँदै आएको छ । यस्तोमा दुई नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । यो वर्ष पनि सोही अनुसार कार्यक्रमको तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =