सुनसरी–१ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा, मेयरबाट राजीनामा दिने तयारी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !’

स्वतन्त्र रूपमा धरानको मेयर जितेका साम्पाङले पछिल्लो समय आफ्नै नेतृत्वमा ‘श्रम संस्कृति पार्टी’ दर्ता गराएका छन् ।

सुनसरी–१ मा धरान उपमहानगरपालिकाका सबै २० वडा, बाराहक्षेत्र नगरपालिकाका १ देखि ५ वडा र रामधुनी नगरपालिकाका ६ र ७ नम्बर वडा पर्छन् । यो क्षेत्रलाई परम्परागत रूपमा एमालेको प्रभाव भएको मानिन्छ । २०७९ को निर्वाचनमा यहाँ जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए ।

साम्पाङको यो घोषणासँगै सुनसरी–१ को निर्वाचनमा नयाँ रोचकता थपिएको छ । उनी धरानमा खानेपानी समस्या समाधान र श्रम अभियानका कारण लोकप्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =