सानिमा रिलायन्स लाइफद्वारा श्री सन्जीवनी मा.विलाई बे्रल शैक्षिक सामाग्रीहरू वितरण

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सन्जीवनी मा.वि धुलिखेल काभ्रेका दृष्टि सम्बन्धी अपाङ्गता भएका बिधार्थीहरुलाई बे्रल शैक्षिक सामाग्रीहरू वितरण गरेको छ ।
उक्त बे्रल शैक्षिक सामाग्रीहरू सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री लगायत एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा श्री सन्जीवनी मा.विलाई हस्तान्तरण गरिएको हो ।
हाल यस विद्यालयमा २८ विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । ब्रेल शैक्षिक सामग्रीहरूले नेत्रहीन विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्छन् । यसले समान शैक्षिक अवसर प्रदान गर्दै समावेशी शिक्षा र भविष्यका उच्च शिक्षा तथा रोजगारीका अवसरमा मद्दत गर्छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने योजना रहेको जनाएको छ ।
यस्ता प्रयासहरू मार्फत कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समेत समान रूपमा अघि बढाउने विश्वास लिएको छ । साथै, भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै, २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।









