बादल बने एमालेको चुनावी कमाण्डर
२०८२ पुस २२ गते

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई आगामी निर्वाचनको समग्र परिचालनको जिम्मेवारी दिएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका बादललाई निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो ।
यससँगै बादलले समग्र निर्वाचन परिचालनको चुनावी कमाण्डरको भूमिका निर्वाह गर्ने भएका छन् ।
उपमहासचिव लेखराज भट्टका अनुसार निर्वाचन परिचालन कमिटीको सचिवमा विष्णुप्रसाद रिमाललाई तोकिएको छ ।
कमिटीका सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई, हिम्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी रहेका छन् ।
एक नेताका अनुसार कमिटीमा प्रत्यक्षतर्फ चुनाव नलड्ने नेताहरूलाई प्राथमिकता दिने सैद्धान्तिक छलफल भएको थियो । सोही अनुसार यो कमिटी गठन गरिएको हो ।
२०८२ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित








