नेकपाका नेता उमेश यादव जसपा नेपालमा प्रवेश, उपेन्द्रले गरे स्वागत

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसिँचाइमन्त्री उमेश यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उमेश यादवलाई खादा लगाएर र पार्टी सदस्यता प्रदान गरेर स्वागत गरेका थिए ।

यादवलाई नेकपाले सप्तरी क्षेत्र नं. २ बाट संघीय संसद्को उम्मेदवार सिफारिस गरेको थियो । तर उनी पार्टी छाडेर जसपा नेपालमा प्रवेश गरेका हुन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित भएका यादव त्यसयता भने निर्वाचित हुन सकेका छैनन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सोही क्षेत्रबाट उपेन्द्र यादवसँग पराजित भएका थिए ।

गत २०७९ को निर्वाचनमा उनी प्रदेशसभा सदस्यका लागि सप्तरी २ (२) बाट उम्मेदवार बनेका थिए । तर उनी जनमत पार्टीका महेश यादवसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =