फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ पुस २२ गते

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ हजार १ सयले बढेको हो ।
मूल्य बढेसँगै आज प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ४ हजार ८८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२०८२ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित









