विपन्न वर्गलाई लक्षित गरी सशस्त्र प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । धादिङस्थित सिद्धलेक गाउँपालिकाका दुर्गम क्षेत्रका विपन्न वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

सशस्त्र प्रहरी बल धादिङले उक्त गाउँपालिकाको वडा नम्बर ३ का स्थानीय विपन्न नागरिकलाई सामान्य रोगको औषधिसहितको उपचार सेवा र ज्येष्ठ नागरिकहरुका लागि न्यानो कपडा समेत वितरण गरेको हो ।

जनरल, दन्त, गर्भवती महिलाको भिडियो एक्सरे तथा पाठेघरको क्यान्सर रोगको औषधि उपचारसहित करिव ६ सय जना स्थानीयको निःशुल्क उपचार सेवा प्रदान गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक माला अवाले जानकारी दिइन् ।

कार्यक्रममा त्यस क्षेत्र विद्यार्थीका लागि झोलासहितको शैक्षिक सामग्री पनि वितरण गरिएको थियो । विपन्न वर्गका लागि राहत हुन सकोस् भनेर सो कार्यक्रम गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अवाको भनाई थियो । ‘गरिव तथा दुर्गम यस क्षेत्रमा जनरल स्वास्थ्य चेकअप, गर्भवती महिलाका लागि उपचार, आङ खस्ने रोगको औषधि उपचारहरु निःशुल्क रुपमा प्रोभाईड गरेका छौँ । साथै न्यानो कपडाहरु ज्येष्ठ नागरिकहरुलाई दिएका छौ । विद्यार्थीहरुका लागि स्टेशनरी सामग्रीहरु वितरण गरेका छौ । सो सेवा हामीले करिव ६ सय जनालाई गरेका छौँ’ उनले भनिन् ।

उक्त कार्यक्रम सशस्त्र प्रहरी वल नेपालको २५ औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको हो ।

विपन्न वर्गका नागरिकलाई राहत दिनेगरी कार्यक्रम आयोजना गर्न पाइएकोमा गर्व लागेको सशस्त्र प्रहरी नायव उपरीक्षक अवाले बताए । कार्यक्रममा सो गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =