एमालेका शीर्ष नेताहरूको नाम एकल सिफारिस, महेशदेखि सुहाङसम्म अटे

काठमाडौं । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस प्रक्रिया तीव्र पारेको छ । पार्टीका शीर्ष नेताहरूको नाम विभिन्न क्षेत्रबाट एकल रूपमा सिफारिस भइरहेको छ ।

झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम एकल सिफारिस भएको छ । त्यस्तै, काठमाडौं क्षेत्र नं. ५ बाट ईश्वर पोखरेलको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ । क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।

रुपन्देही–२ बाट उपाध्यक्ष विष्णु पौडेल, दाङ–२ बाट महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ । कैलाली–४ बाट उपमहासचिव लेखराज भट्ट र भक्तपुर–२ बाट सचिव महेश बस्नेतको नाम एकल रूपमा सिफारिस गरिएको छ ।

यसैगरी, गुल्मी–१ बाट प्रदीप ज्ञवाली, रुपन्देही–५ बाट खिमलाल भट्टराई, सिराहा–३ बाट लीलानाथ श्रेष्ठ, दार्चुलाबाट गणेश ठगुन्ना, सल्यानबाट गुलाबजंग शाह, बैतडीबाट दामोदर भण्डारी, सुर्खेत–१ बाट ध्रुव शाही, सुर्खेत–२ बाट कुलमणि देवकोटा, बाँके–१ बाट सूर्य ढकाल, बाँके–२ बाट दलबहादुर सुनार र कपिलवस्तु–१ बाट विश्राम चौधरीको नाम एकल सिफारिस भएको छ ।

नवलपुर–२ बाट तिलक महत, कास्की–२ बाट मिलन गुरुङ, नुवाकोट–१ बाट बद्री मैनाली, नुवाकोट–२ बाट केशव पाण्डे, रौतहट–१ बाट अजय गुप्ता, महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरी र इलाम–२ बाट सुहाङ नेम्वाङको नाम पनि एकल रूपमा सिफारिस भएको एमाले स्रोतले जनाएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने कार्यतालिका छ  । उम्मेदवारी टुंगो लगाउन दलहरू सक्रिय भएका छन्  ।  एमालेले क्षेत्रीय तथा जिल्ला कमिटीबाट सिफारिस भएका नामहरूलाई केन्द्रमा पठाएर अन्तिम निर्णय लिने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =