धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न धनुषा प्रशासनको अपिल
२०८२ पुस २० गते

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आज एक सूचना जारी गरी जिल्लामा शान्तिसुरक्षा तथा अमनचयनका लागि सबैमा अपिल गरेका छन् ।
सूचनामा भनिएको छ,“विभिन्न बहानामा सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, धर्मलक्षित टीकाटिप्पणी गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड तथा आगजनी र लुटपाट गर्नेलगायत गैरकानुनी तथा हिंसात्मक र सामाजिक द्वेष फैलाउनेलाई प्रचलित कानुनबमोजम कार्यवाही हुनेछ ।”
यसैगरी जिल्लामा क्रियाशील विभिन्न धार्मिक सङ्घ÷सङ्गठन, राजनीतिक दल तथा सञ्चारमाध्यमलगायत सरोकार भएकाहरुलाई शान्तिपूर्ण वातावरण बनाउन सहयोगका लागि आग्रहसमेत गरिएको छ ।
२०८२ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित








