रुपन्देहीमा नाउपाबाट ३३ जनाको सामूहिक राजीनामा, रास्वपा प्रवेश गर्ने

काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जना नेताकार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

पार्टीको केन्द्रीय नेतृत्वको निर्णय प्रक्रिया, कार्यशैली र संगठन सञ्चालनमा गम्भीर असहमति जनाउँदै उनीहरूले साधारण सदस्यसम्मको जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष तुल्सी थारु, वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगौरा, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष रामबहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरीलगायतका नेताहरू रहेका छन् ।

जिल्ला अध्यक्ष थारुले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत निर्णयहरू लिएको तथा संगठनलाई एकताबद्ध रूपमा अघि बढाउन असफल भएको आरोप लगाए । ‘पार्टीको वर्तमान कार्यदिशा र नेतृत्वको शैलीले हामीलाई निराश बनायो, त्यसैले सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हौं,’ उनले भने ।

नाउपा परित्यागको घोषणा गर्दै थारुले भोलि (सोमबार) आफूहरू थरुहट थारुवान संयुक्त संघर्ष समितिका नेताकार्यकर्तासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =