पार्टी फुटको संघारमा पुगेपछि देउवाले आफुनिटक नेताहरूलाई बोलाए महाराजगञ्ज

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभापति देउवाले महाराजगञ्जस्थित निवासमा आफू निकटका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

पार्टीभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको कार्य तालिकालाई लिएर बढ्दो विवादबीच देउवाले निकटस्थहरूलाई बोलाएर रणनीति बनाउने तयारी गरेका हुन् ।

देउवा निकट स्रोतका अनुसार दिउँसो २ बजे हुने छलफलमा पार्टीभित्रको पछिल्लो अवस्था, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशन तयारी तथा नियमित महाधिवेशनको वैशाख २८–३१ गतेको कार्यतालिकाबारे विस्तृत छलफल हुने छ ।

संस्थापन पक्ष विशेष महाधिवेशनको पक्षमा नरहेको र यसले पार्टीमा विभाजनको जोखिम निम्त्याउने अडानमा देउवा रहेको बताइएको छ ।

काँग्रेस कार्यसम्पादन समितिको पछिल्लो बैठकले वैशाख २८ देखि ३१ गतेसम्म नियमित १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।

महामन्त्री थापाले उक्त कार्य तालिकामा फरक मत राख्दै पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन् ।

संस्थापन पक्ष भने विशेष महाधिवेशनको औचित्य सकिएको र नियमित महाधिवेशन नै अगाडि बढाउने अडानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =