दिल्ली जानुअघि प्रचण्डले गरे ओलीसँग एक्लाएक्लै भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार एक्लाएक्लै भेटवार्ता भएको छ ।
ओली र प्रचण्डले २५ मिनेटको एक्लाएक्लै भेटवार्ता गरेका हुन् । भेटवार्ता च्यासलस्थित एक निजी घरमा भएको थियो ।
प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार, बैठकमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र आगामी चुनावी वातावरण निर्माणका बारेमा छलफल भएको थियो । ‘उहाँहरूबीच च्यासलमा २५ मिनेट एक्लाएक्लै भेट भएको छ र चुनावी रणनीतिका बारेमा कुराकानी भएको छ’ उनले भने ।
प्रचण्ड आज साँझ भारतको दिल्ली प्रस्थान गर्दै छन् । दिल्ली जानुअघि भएको ओली र प्रचण्डको भेटलाई अर्थ पुर्णरुपमा हेरिएको छ ।
यसअघि शनिवार बिहान भेट हुने कार्यक्रम तय भएको थियो, तर प्रचण्ड शनिवार सङ्खुवासभामा हुँदा समय अभावका कारण भेटवार्ता आइतबार सारिएको थियो ।









