तोलामा २१ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ पुस २० गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाला सुनको मूल्य तोलामा २ हजार १ सयले घटेको हो ।
महासंघका अनुसार आज प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुन तोलाको २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन शुक्रबार तोलाको ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ४ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२०८२ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित









