रवि, कुलमान र बालेनलाई मिराजको प्रश्न- अझै पुराना दलको दबदबा छ, निर्वाचनबाट कसरी समस्या समाधान हुन्छ ?

काठमाडौँ । ‘गरिखान देऊ’ अभियानका संयोजक मिराज ढुंगानाले रवि, कुलमान र बालेनलाई समेट्दै ६ प्रश्न र प्रस्ताव गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई उक्त प्रश्न र प्रस्ताव गरेका हुन् ।
प्रस्तावमा उनले निर्वाचन प्रणालीबाट देशलाई चाहिएको बदलाव साँच्चै पुरा होला भन्ने प्रश्न गरेका छन् ।
यी हुन मिराज ढुंगानाका ६ प्रश्न र प्रस्ताव:
१. रबी जी र तपाईँको पार्टीले कति सिट निर्वाचनमा जित्ला सोच्नु भएको छरु के निर्वाचन पछि आन्दोलनको चाहाना अनुसार संविधान संशोधन होला ?
२. जेन-जी आन्दोलनको अपनत्व लिएर, जेनजीको माग निर्वाचन पछि पुरा गर्नुहुन्छ भनेर सम्झौता गर्नु भएको जस्तो देखिन्छ तर त्यही निर्वाचन प्रणालीमा जहाँ समानुपातिक प्रणालीको दुरुपयोग व्यापक छ, हिजो सार्वजनिक भएको समानुपातिकको सुचीले तपाईँहरूले पनि त्यसै परम्परालाई निरन्तरता दिनु भएको जस्तो देखियो । यो निर्वाचन प्रणालीबाट देशलाई चाहिएको बदलाव साँच्चै पुरा होला जस्तो लाग्छ ?
३. निर्वाचन धेरै भए, निकास कहिले पाइएन, जेन-जीको मुद्दा बोक्नु भएको छ, निर्वाचनमा सोचेको जस्तो :% वा १८४ सिट जित्न सक्नु हुन्छ होला ? पछिल्लो निर्वाचनमा रविजीको पार्टीले २१ सिट जितेको थियो, यो पाली १८४ सिट आउला ? संविधान संशोधन गर्न राष्ट्रिय सभा अनिवार्य चाहिन्छ त्यसमा अहिले रास्वपाको १ जना पनि प्रतिनिधि हनु हुन्न । देशको सहरी भागमा रास्वपाको सङ्गठन पुगेको छ तर दुर्गम गाउँ भाग सम्म भने पुगेको छैन जहाँ अझै पुराना दलको दबदबा छ । यसको मतलब तलब हामी अझै ८९१० वर्ष केही गर्न सक्दैनौ । यो कुराको समाधान निर्वाचनबाट कसरी हुन्छ सोच्नु भएको छ ? कृपया बताइदिनुस् ।
४. सायद यो भन्दा देशले न्याय पाउने पक्का तरिका भनेको जनताका छोरा/छोरी, जन युद्ध पछि भएको प्रक्रिया जस्तै सडक संसद भएर नागरिक सरकार गठन गरेर संविधान संशोधन गरी जाँदा कस्तो होला ? यसरी देशले निकास पाउने सुनिश्चित छ कृपया एक पटक सोच्नु होला ।
५. १८४ सिट जित्ने हामीलाई आधार र राष्ट्रिय सभामा आफ्नो प्रतिनिधि नहुँदा, देशलाई न्याय दिन संविधान सुधार कसरी गर्न सकिन्छ भनिदिनु भयो भने, म सब कुरा छोडेर तपाईँहरूको चुनावी सहयोगमा लाग्छ । तर आधार देखाउन सक्नुहुँदैन भने, असम्भव, निर्वाचन पछिको निकास भनेर आशा नदेखाऊँ । आउनुस् सँगै मिलेर नेपालमा नागरिक सरकार बनाऔँ र संविधान संशोधन गरी नेपालीलाई न्याय दिएर मात्र निर्वाचनमा जाऔँ ।
६. तपाईँहरूको एकता हतारमा भयो, मन, धारणा मिलेर भयो कि चुनावी हतारले हो त्यो प्रश्न नै छ । मन मुटावहुनु मान्छेमा हुने प्राकृतिक गुण हो, हतारको एकता यदि चुनाव पछि फुट्ने हो भने हामी जनता घरको न घाटको हुन्छौँ ।










