यी हुन् काँग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकका निर्णयहरू

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरिएको बताए ।

उनकाअनुसार बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यको समर्थनमा पास गरिएको हो ।

उनले भने ‘बैठकले पार्टीको केन्द्रीय समितिको म्याद अगामी जेठ मसान्तसम्म थपिएको छ । पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेको कारण त्यो कार्यतालिता परिमार्जनसहित पारित गरेका छौँ । बैठकले अगामी २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका पास भएको छ । बिचमा पार्टीको क्रियाशील सदस्यताका टुंग्याउन सम्भव नहुने भएको कारण र आम निर्वाचन पनि अगामी फागुन २१ मा हुने भएको कारण कार्यतालिका परिमार्जन गर्नुभएको हो । यद्धपी यसमा केही साथीहरूको फरक मत आएको छ । उहाँहरूले आफ्नो कुरा आफैँ राख्नुहोला ।’

यद्यपि पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको उक्त निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै तयारी बस्न १४ औँ महाधिवेशनका प्रतिनिधिहरूलाई तयारीमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =