काँग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८–३१ गते काठमाडौँमा हुने

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१ गते काठमाडौँमा हुने भएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।

नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेका थिए ।

प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधिले बताए । उनकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताए ।

उनले भने ‘कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापतिजीले जुन प्रस्ताव प्रस्तुत गर्नुभएको छ, यो विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको छ । १५ औँ नियमित महाधिवेशन पुस २६,२७ र २८ गतेका लागि तोकिएको थियो, त्यसको संशोधित कार्यतालिका आएको छ । २०८३ वैशाख, २८, २९, ३० र ३१ गते काठमाडौँमा हुनेगरी नयाँ कार्यतालिका कार्य समितिको बैठकमा प्रस्तुत भएको छ । त्यही नै पारित भएको छ ।’

यसअघि काँग्रेसले पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =