आयोगले गरेका सिफारिसहरू सरकारबाट कार्यान्वयन भएनन्- अध्यक्ष मगर

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरूले गरेका सिफारिसहरू सरकारबाट कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् ।
शुक्रवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आयोगहरूले विभिन्न सिफारिसहरू गरे पनि कार्यान्वयन हुन नसेकेको उनको भनाइ छ । सबै आयोगहरूले गरेका सिफारिसहरू कार्यान्वयन हुनुपर्ने उनको माग छ । उनले आदिवासी जनजातिहरूलाई बसिरहेको स्थानबाट हटाउन राम्रो नरहेको पनि बताए ।
उनले भने ‘आदिवासीहरूले जुन लाइनमा बसिरहेको छ, त्यो लाइनबाट हटाउनु हुँदैन । उनीहरूलाई हटाउनुप¥यो भने उनीहरूले पाउने सुविधा दिनुपर्छ । सन्धी ऐनले हाम्रो कानुनमा व्यवस्था नभए पनि अन्तर्राष्ट्रिय कानुनमा व्यवस्था छ, त्यो अनुसार हामी अघि बढ्नुपर्छ । हाम्रो सिफारिस कार्यान्वयन भइरहेको छैन । हामीले गरेको सबै आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन होस् ।’
उनले आदिवासी जनजातिमाथि भोगाधिकारको असर पर्छ भने उनीहरूले क्षतिपूर्ति पाउनुपर्ने बताए ।








