काँग्रेसभित्रको परिवर्तनविरोधी शक्तिको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यक: मन्सुर

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखे । काँग्रेसभित्रका परिवर्तनविरोधी शक्तिहरूको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टी महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर काँग्रेस निर्वाचनमा जानुपर्ने प्रस्ताव पनि राखे ।

उनले महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताए । आसन्न निर्वाचनमा आफ्ना मान्छेहरूलाई टिकट बाँड्न नपाइने भएका कारण पार्टी नेतृत्व महाधिवेशन हुन नदिने पक्षमा रहेको आरोप पनि लगाए ।

उनले भने ‘नेपाली काँग्रेस नयाँ नेतृत्वको साथ आसन्न निर्वाचनमा जानुपर्छ । त्यसको लागि नियमित महाधिवेशन गरौँ । यदि नियमित महाधिवेशन सम्भव छैन भनेर विशेष महाधिवेशन गरौँ । सोहीअनुसार नयाँ नेतृत्व, नीति र कार्यदिशाका साथ अगाडि बढ्नुपर्छ । गगनलाई नै पार्टी सभापति र प्रधानमन्त्रीको लागि अघि सारेर काँग्रेस निर्वाचनमा जानुपर्छ । अहिले महाधिवेशन भयो भने आफ्ना मान्छेलाई टिकट बाँड्न मिल्दैन भनेर पार्टी कब्जा गर्ने कार्य जसरी गरिएको छ यो स्वीकार्य हुँदैन । काँग्रेसको परिवर्तनविरोधी शक्तिहरूको षड्यन्त्र जुन त्यसलाई चिर्नको लागि विशेष महाधिवेशन आवश्यक छ । महाधिवेशन गर्न नदिएर मै नेता हो भनेर त हुँदैन नि ।’

उनले पार्टीको विशेष महाधिवेशनको प्रक्रिया अघि बढिसकेका कारण नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =