चक्रे मिलन गोरखा-२ बाट एमालेको उम्मेदवार सिफारिस
२०८२ पुस १८ गते

काठमाडौँ । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन् ।
विगतमा गुण्डानायिकेको ट्याग पाएका उनी नेकपा एमालेबाट उम्मेदवार सिफारिस भएका हुन् ।
उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण आफू उम्मेदवार सिफारिस भएको बताए ।
नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय बनेका उनी सामाजिक कार्यमा पनि क्रियाशील छन् ।
२०८२ पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित








