सानिमा रिलायन्स लाईफद्वारा शेयरधनीलाई ३७ प्रतिशत बढी लाभांस

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई ३७ प्रतिशत बढी लाभांस दिन सफल भएको छ ।

सानिमा रिलायन्सले हरेक वर्ष लाभांस वितरण गर्दै आइरहेको हो ।

नेपाली बीमा बजारमा उदाएको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स २ वर्षमा नै लगानीकर्तालाई उच्च प्रतिफल प्रदान गर्न सफल भएको कम्पनीले जनाएको छ । इन्स्योरेन्सले हालसम्म कुल ३७.८०८ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० मा १८.३८११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो भने आव २०८०/८१ मा ८ प्रतिशत बोनस र १.२४८९ प्रतिशत नगद लाभांस गरी कुल ९.२४८९ प्रतिशत लाभांस वितरण गरेको थियो ।

गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १०.१७८० प्रतिशत लाभांस वितरण गरेको पनि इन्स्योरेन्सले जनाएको छ ।

सानिमा रिलायन्स लाईफको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले गरिरहेका छन् भने इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडीया रहेका छन् ।

इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा माथि रहेको छ र देशभर १६९ शाखा मार्फत सेवा प्रदान गर्दै आएको छ । २३ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्न सफल यस इन्स्योरेन्समा हाल २० हजारभन्दा बढी अभिकर्ताहरू कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =