एथरद्वारा ६,०५८ बाट सुरु हुने सरल ईएमआई योजना सार्वजनिक

काठमाडौँ । इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather ले स्वामित्व प्रक्रिया अझ सरल बनाउने नयाँ पहल सार्वजनिक गरेको छ ।

अब ग्राहकहरूले केवल मान्य परिचयपत्र को आधारमा कुनै पनि अतिरिक्त वित्तीय कागजात बिना Ather स्कुटर खरिद गर्न सक्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार बाट सुरु हुने EMI का साथ नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर किन्नु यसअघि कहिल्यै यति सजिलो भएको थिएन । यो परिचयपत्र–आधारित वित्तीय योजनाले इलेक्ट्रिक सवारीसाधन स्वामित्वमा देखिने सामान्य अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको जानकारी दिएको छ ।

प्रविधि, प्रदर्शन र ग्राहक अनुभवमा बलियो ध्यान दिँदै Ather ले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे बजारको नेतृत्व गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =