इक्यान केन्द्रीय निर्वाचन: सचिवमा कार्कीको उम्मेदवारी घोषणा
इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ!

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी केन्द्रीय निर्वाचनमा सचिव पदका लागि आशिक कार्कीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी पुस २८ गते हुन गइरहेको नयाँ नेतृत्वको लागि कार्कीले सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, सशक्त र सम्मानित बनाउने अभियानमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका कार्कीले आफ्नो उम्मेदवारी घोषणा गर्दै “इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ!” भन्ने मूल नारासहित संस्थालाई थप गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
हाल कोषाध्यक्ष पदमा कार्यरत कार्की यसअघि एक कार्यकाल कार्यसमिति सदस्य भइसकेका छन् । अहिले कोषाध्यक्ष तथा मिडिया विभाग संयोजकको जिम्मेवारीमा रहेका कार्कीले आफ्नो कार्यकालमा इक्यानलाई आर्थिक तथा व्यवस्थापकीय रूपमा कर्पोरेट उचाइतर्फ उन्मुख गराउन सफल भएको उल्लेख गरे । उनले अब संस्थाको प्रशासनिक र रणनीतिक कार्यलाई अझ सुदृढ बनाउन सचिव पदमा उम्मेदवारी दिएको बताउँछन् ।
आफ्नो अनुभव, निरन्तरता र स्पष्ट दृष्टिकोणका माध्यमबाट इक्यानलाई बलियो, एकताबद्ध र सम्मानित संस्थाका रूपमा अघि बढाउन उम्मेदवारी घोषणा गरेको काकीले बताएका छन् ।








