फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ पुस १६ गते

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार १०० रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन मंगलबार सुन तोलाको २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन मंगलबार तोलाको ४ हजार ५९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ४ हजार ४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
२०८२ पुस १६ गते
प्रतिक्रिया
सम्बन्धित









