लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले बिना धितो ऋण दिने लुघवित्त संस्था बाहेक अरू कुनै नरहेको बताएका छन् ।

शुक्रवार राजधानीमा आयोजित वागमती प्रदेश लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै उनी लघुवित्तले बिना धितोमा कर्जा प्रवाह गरेर गरिबी हटाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

उनकाअनुसार ३० दशकमा लघुवित्तले मुलुकको गरिबीलाई घटाउन ठूलो भूमिका खेलेको छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत दिएर उनीहरूलाई सक्षम बनाएको समेत श्रेष्ठले बताए ।

उपाध्यक्ष श्रेष्ठले लघुवित्तका कारण वित्तीय पहुँच बढेको बताउँदै राजनीति स्र्वथ पुरा गर्न लघुवित्तलाई बदनाम गरिएको समेत बताए । तर अहिले स्थिति सामान्यीकरण भइसकेको उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘नेपालमा समस्याहरू छन् । नेपालमा समस्या नभएको ठाउँ नै छैन । यति धेरै समस्या छन् समस्या सुन्दा सुन्दै समस्या पुराण जस्तो छ र यति धेरै समस्याको हामीले नै समाधान गर्नुपर्छ । कसैले समाधान गरिँदैन । लघुवित्त संस्थामा पनि विगतमा तीव्र विस्तार भयो, त्यससँगै केही समस्या सिर्जना भए । अहिले अलि मत्थरसँगै सुदृढीकरण पनि भएको छ । त्यो अनुसार अझ नयाँ ढंगले अघि बढ्नुपर्ने स्थिति पनि छ । ३० वर्षअघि जुन अवस्था थियो, त्यो भन्दा धेरै अघि बढिसकेका छौं । समाज परिवर्तन भएको छ । बसाइसराइ तीव्र छ । गाउँबाट शहर हुँदै विदेश तिर बसाइसराइ छ । समाजमा धेरै परिवर्तन आएको छ गरिबि पनि घटेको छ । त्यसमा लघुवित्तको भुमिकालाई नकार्न मिल्दैन ।लघुवित्तले गरिबी हटाउन राम्रो भूमिका खेलेको छ । तीन वर्ष अघिसम्म कुनै बेला १०० जना जम्मा हुँदा ५० जना गरिब थियौँ । अहिले नयाँ मापदण्ड अनुसार १०० मा २० जना जति गरिब छौं । पुरानैलाई आधार मान्ने हो भने पनि अहिले हामी ४ प्रतिशतको गरिबीमा झरेका छौं ।

अहिले हामीलाई मोबाइल फोन भएन भने गरिब हुने स्थिति छ । हिजो मोबाइल फोन चाहिँदैनथ्यो । अहिलेका हाम्रा आवश्यकताहरू बिस्तारै परिवर्तन भएका छन् । सुचनाप्रविधिको विकासले सहयोग गरेको छ । उपभोग गर्ने शैली पनि बढाएको छ । हामी दक्षिण एशियामा गरिबीको सुधार गर्ने देशमा पछौँ । हाम्रो मानव विकास सूचांकमा पनि सुधार भएको छ । त्यति हुँदाहुँदै पनि हामी सन्तोष छैनौँ । राजनीतिक अस्थीरताले हामीलाई धेरै गाँजेको अवस्था छ । लघुवित्तमार्फत महिलालाई वित्तीय स्रोत बढेको छ । वित्तीय पहुँच बढेको छ । बिना धितो ऋण दिने कुनै संस्था छ भने लुघवित्त संस्था हो । अरू संस्थाले कमै दिन्छन् । बिचमा केही विकृति विसँगती आए । अहिले केही राजनीति उद्देश्यले केही भड्काउन गर्ने काम पनि भएको छ । लघुवित्तका सदस्यहरू चनाखो हुनुपर्छ ।’

उनले हरेक क्षेत्रमा समस्या रहेकाले सम्बोधन गर्ने काम राज्यको भएकाले समाधान गर्दै जाने समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनकाअनुसार महिला सशक्तीकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ ।

ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको बताउँदै लघुवित्तमा रहेका समस्याहरू हल गर्दै जानुपर्नेमा जोड दिए ।

यादवले भने–‘लघुवित्तले वित्तीय पहुँचदेखि वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । महिला सशक्तीकरण, वित्तीय साक्षरता, रोजगारी सिर्जनामा पनि लघुवित्तले योगदान दिइरहेको छ । ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गराउन लघुवित्तले ठूलो भूमिका खेलेको छ । जो व्यक्तिसँग धितो दिने क्षमता छैन, अन्य बैंकबाट सेवा लिने अवस्था नभएकालाई वित्तीय, गैर वित्तीय सेवा लघुवित्तले दिएको छ ।’

लघुवित्तलाई परेका समस्यालाई राज्यले गम्भीर रूपमा हेर्नुपर्नेमा उनको जोड थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =