बालुवाटारको सन्देश बोकेर देउवा निवास पुगे मन्त्री खरेल

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारले राजनीतिक दौडधुप तीव्र पारेको छ । निर्वाचनलाई निष्पक्ष र सहमतिपूर्ण रूपमा सम्पन्न गर्न सरकारले प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वसँगको छलफललाई अघि बढाएको हो ।

यसै सिलसिलामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवास महाराजगञ्जमा भेटवार्ता गरेका छन् । भेटका क्रममा निर्वाचनको तयारी र दलहरूबीचको सहकार्यका विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मन्त्री खरेलले आजै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि बेग्लाबेग्लै परामर्श गर्ने कार्यक्रम छ । मुलुकलाई निर्वाचनको दिशामा लैजान र राजनीतिक दलहरूबीच साझा धारणा बनाउन सरकार सक्रिय रहेको मन्त्री खरेलले बताए । तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =