जेनजीलाई बालेनको प्रस्ताव- ‘एक ठाउँ आउनुहोस्, एकता त्यहाँबाट सुरु हुन्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरूलाई मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

आज ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बनेको घरमा जेनजी प्रतिनिधिहरूसँग सामूहिक छलफल गर्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले जेनजी प्रतिनिधिहरूलाई एक ठाउँ आउन र एकता गर्न आग्रह गरेको जेनजी अभियन्ता योगेन्द्र भण्डारीले मकालुखबरलाई जानकारी दिए ।

बालेनको भनाइ उल्लेख गर्दै भण्डारीले भने ‘तपाईँहरू एक ठाउँ आउनुहोस्, एकता त्यहाँबाट सुरु हुन्छ।’

बालेनसँगको उक्त छलफलमा सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायतका जेनजी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 4 =