महामन्त्रीमै चुनाव लड्छु: प्रदीप पौडेल
२०८२ पुस १० गते

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने भएका छन् ।
बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरूसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।
उनले यसअघि पनि महामन्त्रीमा नै चुनाव लडेकाले त्यसभन्दा तल नजाने बताए । उनले काँग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए ।
उनले भने ‘१४औँ महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिन्’ पौडेलले भने, ‘महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’
२०८२ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित









