बालेन र काँग्रेस नेता सुनील शर्माबीच भेटवार्ता
२०८२ पुस १० गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाली काँग्रेसका नेता डा सुनील शर्माबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान मेयर बालेन समूहका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा उक्त भेटवार्ता भएको हो ।
‘छलफलका क्रममा प्रतिनिधिसभा पुनर्स्थापना भए के हुन्छ ?’ भन्नेबारेमा बालेनसँग छलफल गरेको शर्माले मकालुखबरलाई बताए ।
शर्माले भने, ‘मैले मेयर ज्यूलाई हालको समसामयिक राजनीति, देशको अवस्था र प्रतिनिधिसभा पुनर्स्थापना गरेर राष्ट्रिय सर्वमान्य सरकार बनाएर देशलाई दीर्घकालीन निकास दिने बाटोमा जानु पर्ने प्रस्ताव राखेको छु ।’
२०८२ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित









