खेलाडी र दर्शकको क्रिकेट लगावः विश्वकपमा छनोट हुने मुख्य आधार

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली खेलाडीका साथै नागरिकस्तरमा समेत रहेको लगाव नेपाली टोली विश्वकपमा छनोट मुख्य आधार रहेको बताएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आज आयोजित अन्तक्र्रियामा मुख्य प्रशिक्षक पाठकले घरेलु दर्शकको अपार मायाका कारण नेपाली टोलीलाई जित्नका लागि खेल्ने प्रेरणा मिलिरहेको बताए ।

आफूले यसअघि थाइल्यान्डको प्रशिक्षक रहँदा विपक्षी रूपमा पनि राम्रोसँग हेरेको बताउँदै उनले नेपाली टोली विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपाली टोलीमा खेलेरै सिक्ने अद्भूत क्षमता छ ।’

नेपाल क्रिकेट सङ्घ क्यानले आसन्न आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटलाई लक्षित गरेर पहिलोपटक विदेशी मुख्य प्रशिक्षकका रूपमा पाठकलाई नियुक्त गरेको थियो ।

‘नेपाली टोलीमा राम्रो गर्नसक्ने क्षमता पनि छ । विश्वकपमा छनोट हुने सम्भावना राम्रो नै देखेको छु’, मुख्य प्रशिक्षक पाठकले भने । राम्रो योजना बनाएर कार्यान्वयन गर्न सके नेपाली महिला क्रिकेट टोलिले उत्साहपूर्ण नतिजा दिनसक्ने भनाइ उनको थियो ।

क्यानका क्रिकेट प्रबन्धक विनोद दासले पाठक आगामी दुई वर्षका लागि महिला टोलीको प्रशिक्षक नियुक्त गरिएको जानकारी दिए ।

भारतीय मूलका पाठकले सन् २०१८ देखि सात वर्षसम्म थाइल्यान्डको प्रशिक्षक रहँदा एसिया छनोट र ग्लोबल छनोट दुवै पार गराएर थाइल्यान्डलाई पहिलोपटक महिला टि–२० विश्वकपमा पुर्‍याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =