सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ३ हजार ४ सय रुपैयाँले बढेर २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ४ हजार १०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार २३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =