कुञ्ज नाटक घरमा नाटक ‘यशस्वी भवः’ को मञ्चन सुरु (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित शिल्पशालाको कुञ्ज नाटक घरमा मेधाश्री विद्यालयको प्रस्तुति रहेको नाटक ‘यशस्वी भवः’ को मङ्सिर २३ गते बाट मञ्चन सुरु भएको छ ।
“शिक्षाका लागि रङ्गमञ्च” अभियान अन्तर्गत मेधाश्री विद्यालयसँगको सहकार्यमा रङ्गकर्मी तथा नाटककार राम के.ए.सी. को लेखन तथा निर्देशनमा तयार भएको नाटक ‘यशस्वी भवः’ मा कक्षा ६ देखि ९ सम्मका विधार्थीहरुले अभिनय गरेका छन् ।
आजकाल समाजमा आधुनिकताले आकार बढाउँदै जाँदा मानिसमा अध्यात्म, नैतिकता र जिम्मेवारी क्षीण हुँदै गएको छ, जसले शिक्षाभन्दा साक्षरतामा मात्रै जोड दिएको भन्ने प्रश्न उठिरहेको छ । यही सामाजिक द्वन्द्व र चेतनाको सङ्कटलाई नाटक ‘यशस्वी भवः’ ले समेटेको छ ।
सद्भाव थिएटर नेपालको निर्माणमा तयार पारिएको नाटकमा क्रिशा बागदाश, शोभी तामाङ, प्रकृत खड्का, दिव्यांशा ताम्राकार, अव्यक्त राजबाहक, सदिक्षा तामाङ, रियाज पराजुली, रियान बस्नेत, अनुष्का निरौला, कृतिका चौधरी, जयश्री खड्गी, स्मारिका विश्वकर्मा र बिप्रिना शाहीको अभिनय रहेको छ ।
नाटक मङ्सिर २८ गतेसम्म बिहान ११ र दिउसो २ बजे निरन्तर मञ्चन हुनेछ ।
तस्बिरहरूः–









