इन्धनबाट चल्ने गाडीहरू विस्थापन हुँदा सयौँ मजदुरहरू पलायन हुने स्थिति आयो: अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले इन्धनबाट चल्ने गाडीहरूलाई पछिल्लो समय विद्युतीय गाडीहरूले विस्थापन गर्दै जाँदा सयौँ मजदुरलाई असर गर्न थालेको बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको नेपालमा जलवायु परिवर्तन, श्रम बजारमा प्रभाव र न्यायोचित रूपान्तरणका लागि सरोकारवालासँगको सहकार्य विषयक गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनकाअनुसार पहिला इभि सवारी आउनुअघि पेट्रोलियम पदार्थले चल्ने सवारी आए । ती गाडीहरूको मर्मतसम्भारमा सयौँ मेकानिकहरु आबद्ध थिए । अहिले इभिले त्यस्ता सवारीलाई विस्थापन गरेपछि अधिकांश मेकानिकहरु बेरोजगार बन्दै गएका छन् । ती बेरोजगारलाई रोजगारी दिन इभिलाई मर्मत गर्ने सीप दक्षताको तालिम सरकारले दिनुपर्छ ।

उनले इभि गाडीहरू आउनु सकारात्मक भएपनि मजदुर पलायन हुन नदिन सरकारले प्रभावकारी कदमहरू चाल्न नसकेको बताए। अध्यक्ष श्रेष्ठले जलवायुसम्बन्धी कतिपय कानुनहरूमा श्रमिकहरूको कुराहरू नसमेटिएको समेत बताए । उनकाअनुसार पुराना कानुनहरूलाई संशोधन गरेर श्रमिकका मुद्दाहरूलाई समेटिनुपर्छ ।

अध्यक्ष श्रेष्ठले भने ‘सरकारले नीति तथा कानुन स्पष्ट गर्नुपर्छ । अहिले पुराना ऐन कानुनहरू हेर्ने हो भने श्रमलाई कम उल्लेख गरिएको छ । त्यसैले कानुनमा श्रमलाई स्पष्ट पारिनुपर्छ । हरित रोजगारी, विकास गर्ने पोलिसिहरु बनाउन आवश्यक छ । प्रभावित क्षेत्रहरू पहिचान गरी श्रमिक संरक्षणका कानुन तथा निर्देशिका, नियमावली बनाउनुपर्छ । जलवायुमैत्री उद्योगलाई प्रोत्साहन गर्नुपर्छ । त्यसमा करछुट, अनुदान वा केके सरकारले सहुलियत दिनसक्छ, ती सबै दिनुपर्छ । जस्तै अहिले इभी सवारीहरू आइरहेका छन्, तिनलाई प्रोत्साहन गर्नुपर्छ । कानुन बनाउनेदेखि प्रभावित क्षेत्रलाई हेर्नुपर्छ । योगदानमा आधारित सामाजिक सुरक्षाको पहुँचमा वृद्धि गर्न सकियो भने राम्रो हुन्छ । तालिम र पुनर्वर्गीकरणको काम गर्नुपर्छ । पहिला इभि सवारी आउनु अघि पेट्रोलियम पदार्थले चल्ने सवारी आएका थिए । अहिले इभिले त्यस्ता सवारीलाई विस्थापन गरेपछि अधिकांश मेकानिकहरु बेरोजगार बन्दै गएका छन् । बेरोजगारलाई रोजगारी दिन इभिलाई मर्मत गर्ने सीप दक्षताको तालिम दिनुपर्छ । यसले रिप्लेस गर्नसक्छ र मजदुर पनि बेरोजगार हुनुपर्दैन । श्रमिकलाई नयाँ हरित सीप सिकाउनेदेखि विभिन्न प्रकारका तालिमहरू उपलब्ध गराउने काम सरकारको हो । जोखिमयुक्त ठाउँबाट मुक्त गराउनका लागि सरकारले तालिमको व्यवस्था गराउनुपर्छ ।’

श्रेष्ठले सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्रभावकारी लागू गर्न सरकारले ट्रेड युनियनहरूसँग समन्वय गर्न समेत चुकिरहेको बताएका छन् । उनकाअनुसार योगदानमा आधारित सामाजिक सुरक्षालाई सरकारले अनौपचारिक क्षेत्रमा समेत प्रभावकारी रूपमा लागू गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 3 =