एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौँ । नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ ।

ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन् ।

प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुङ्गेलले प्रतिनिधि विवाद टुङ्गिएपछि कार्ड छपाइ प्रक्रिया पनि सुरु गरिएको जानकारी दिए । उनले प्रतिनिधिलाई केही दिनभित्र नै कार्ड वितरण गर्ने बताए ।

समिति सचिव ढुङ्गेलले महाधिवेशनमा दुई हजार २६० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताए ।

महाधिवेशनका आयोजक प्रतिनिधिलाई रु तीन हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकेको छ ।

एमालेको यही मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन काठमाडौँ हुँदैछ । महाधिवेशनले २५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 7 =