निजी जग्गामा घाँस काटिरहेका दुई जनालाई राष्ट्रिय निकुञ्जको भालुले गर्‍यो आक्रमण

रसुवा । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज दुई जना गम्भीर घाइते भएका छन् ।

भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन् ।

उनीहरूलाई आज बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए ।
निजी जमिनमा घाँस काटी रहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीयवासिन्दाले बताएका छन् ।

भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =