गाजाभित्र ‘पहेँलो रेखा’ नयाँ सीमा होः इजरायली सेना प्रमुख

एजेन्सी । इजरायली सेना प्रमुख इयाल जामिरले ‘पहेँलो रेखा’ सीमांकन गाजापट्टीभित्र नयाँ सीमा रेखा भएको बताएका छन् ।

पहेँलो रेखाले इजरायली सेनाहरू प्यालेस्टिनी एन्क्लेभमा फिर्ता भएका छैनन् भन्नेकुरालाई चिन्हित गर्ने बताए ।

जुन अक्टोबर १० मा लागू भएको युद्धविराम व्यवस्थाको एक भागको रूपमा हो । पहेँलो रेखा एउटा नयाँ सीमा रेखा भएको र यसले समुदायहरूको लागि अगाडिको रक्षात्मक रेखा र सञ्चालन गतिविधिको रेखाको रूपमा काम गर्ने बताए ।

सेनाले गाजा पट्टीको विस्तृत भागहरूमा सञ्चालन नियन्त्रण ग्रहण गरेको बताए । अक्टोबर ११ देखि इजरायली गोलीबारीबाट ३ सय ७० भन्दा बढी मानिसहरू मारिएका छन् । जसले गर्दा अक्टोबर २०२३ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ७० हजार ३ सय ६० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =