भारतको गोवा नाइटक्लवमा आगलागी: मृत्यु हुनेको संख्या २५ पुग्यो

एजेन्सी । भारतको पश्चिमी राज्य गोवाको एक नाइटक्लवमा भएको विनाशकारी आगलागीमा चार पर्यटकहरूसहित २५ जनाको मृत्यु भएको छ ।

अन्य धेरै जना घाइते भएका प्रहरीले जनाएको छ ।

गोवाको राजधानी पणजीबाट लगभग १६ किलोमिटर उत्तरपश्चिममा रहेको उत्तरी गोवा जिल्लाको अर्पोरा गाउँमा रहेको लोकप्रिय नाइटक्लव, बिर्च बाई रोमियो लेनमा आगलागी भएको हो ।

आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन । प्रहरी र अग्निशमन विभागको अनुसन्धान जारी छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत मृत्युप्रति शोक व्यक्त गरेका छन् र पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =