काठमाडौँ-३ मा चालिसेलाई सर्वसम्मत समर्थन

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी नेपाली काङ्ग्रेसको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को लागी सन्तोष चालिसेलाई सर्वसम्मत समर्थन गरिएको छ।
शनिवार बसेको नेपाली काङ्ग्रेस काठमाडौँ ३ को पदाधिकारी, पूर्व पदाधिकारी, क्षेत्र, प्रदेश, नगर, वडा कार्यसमितिको संयुक्त बैठकमा निवर्तमान सांसद तथा अर्थ समितिका पूर्व सभापति चालिसेले प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिने प्रस्ताव गरे सँगै बैठकले उक्त प्रस्तावको सर्वसम्मत समर्थन गरेको हो ।
यसअघि चालिसे २०७४ को स्थानीय निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयर र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।
यसै गरी नेपाली काङ्ग्रेसको काठमाडौँ क्षेत्र नं ३ को कार्यवाहक सभापतिको जिम्मेवारी श्रीराम चालिसेले पाएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश (क) को सभापति रहेका चालिसेलाई शनिवार बसेको क्षेत्रीय कमिटीको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।








