आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँ: अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औँ वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आर्थिक मुद्दाहरूलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार संप्रेषण गर्नुपर्ने बताए । विदेशी विनिमय सञ्चिति समानान्तर बचतको हिसाबले बाह्य क्षेत्र राम्रो रहेको तर बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्र चापमा रहेको उल्लेख गरे ।

बैंकमा लगानीयोग्य रकम रहेको, ब्याज एकल बिन्दुमा भएपनि समग्र बजारको माग बढ्न नसकेको बताए । मागमा वृद्धि आउन नसक्दा उद्योगधन्दाहरू न्यून क्षमतामा सञ्चालन भइरहेका बताए । अहिलेको सबैभन्दा ठुलो चुनौती प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु रहेको बताए ।

उनले भने ‘राजनीति भन्दा माथि आर्थिक मुद्दाहरूलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार संप्रेषण गर्न अनुरोध गर्दछु । निजी क्षेत्रका तथ्यपरक आवाजहरूलाई आफ्नो आफ्नो सञ्चारमाध्यमबाट सरकार, नियामक निकाय, सर्वसाधारणसम्म पुयाउनुभएको छ । विदेशी विनिमय सञ्चिति समानान्तर बचतको हिसाबले बाह्य क्षेत्र राम्रो छ । बाह्य क्षेत्र राम्रो भएपनि आन्तरिक अर्थतन्त्र चापमा रहेको छ । बैंकमा लगानीयोग्य रकम छ, ब्याज एकल बिन्दुमा छ, समग्र बजारको माग बढ्न सकेको छैन । मागमा वृद्धि आउन नसक्दा उद्योगधन्दाहरू न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । अहिलेको सबैभन्दा ठुलो चुनौती हाम्रो प्रणालीमा रहेको लगानीयोग्य रकम स्थिर हुनु हो जस्तो लाग्छ । पैसा स्थिर बस्नु भनेको अर्थतन्त्रका लागि राम्रो होइन ।’

उनले निजी क्षेत्रको लगानी बढ्यो भने मात्रै मुलुकको अर्थतन्त्र बलियो र विस्तार हुने बताए । अर्थतन्त्र सुदृढ भए मात्रै मुलुक समृद्ध हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =