शिक्षामन्त्री पुनको व्यंग्य- ‘ओली कुटी’ डिजाइन गर्ने इञ्जीनियरलाई कारबाही गर्नुपर्छ

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले ‘ओली कुटी’ को डिजाइनप्रति व्यंग्य गरेका छन् ।

उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माको प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका हुन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले पति–पत्नी मात्रै रहेको परिवारलाई बिलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै त्यसको नक्सा कोर्ने इन्जिनियरलाई कारबाही हुनुपर्ने भन्दै व्यंग्य गरेका हुन् ।

उनले लेखेका छन् ‘यो नक्सा डिजाइन गर्ने इञ्जीनियरलाई सख्त कारबाही गर्नु पर्छ । अनि घोर बेइज्जती तथा मानहानिको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भने पछि यत्रो ठुलो दरबारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरबाही हो यो ? एक छिन रमाइलो’

गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बालकोटस्थित ओली निवास जलेपछि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ नामक नयाँ भवन बनाइदैँछ । उक्त भवनको शिलान्यास यही मंसिर १८ गते ओली पत्नी राधिकाले गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =