दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गयो
२०८२ मंसिर २१ गते

काठमाडौँ । दार्चुलामा भूकम्प गएको छ ।
आज बिहान दार्चुलाको घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
हाल भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन ।
२०८२ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित








