प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु
२०८२ मंसिर १९ गते

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको छ ।
शुक्रवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सवपक्षीय बैठक शुरु भएको हो ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन आयोगका पदाधिकारी, नेपाल, नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल, सोविता गौतम लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
सर्वपक्षीय बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीबारे छलफल भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबारे जानकारी गराएका छन् ।

२०८२ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








