ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्नु उपयुक्त होइन

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षमा निरन्तरता दिनुपर्ने बताएका छन् ।

शुक्रवार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीले ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पुगेको बताए ।

उनले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रिय समिति पुगेको दाबी समेत गरे ।

ओलीका नीति, विचार र उनले हाँसिल गरेको उपलब्धिले पनि उनलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उपाध्यक्ष थापाको जिकिर थियो ।

उपाध्यक्ष थापाले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उनलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताए ।

उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत बताए ।

उपाध्यक्ष थापाले पदाधिकारी संख्या र केन्द्रिय समितिको आकार बढाउन आवश्यक देखिएको उल्लेख गर्दै त्यसका लागि विधानमा संशोधन गरेर अघि बढ्न आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =