नख्खु पुगेर जेनजी प्रतिनिधि सुदन गुरुङले भेटे रवि लामिछाने

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

बिहीवार गुरुङले नख्खु कारागार पुगेर सभापति लामिछानेसँग भेट गरेका हुन् । भेटमा सभापति लामिछानेले आफूमाथि अन्याय भएको कुरा सुनाएको उनले बताए ।

आफूमाथि अनुसन्धान गर्न छुट्टै आयोग गठन गरेर भएपनि मुद्दाको छिटो छिनोफानो हुनुपर्ने कुरा सभापति लामिछानेले गुरुङसँग राखे ।

गुरुङले मुलुकको लागि केही गर्ने भनेर आएका लामिछानेमाथि राज्यले गरेको व्यवहारले आफू समेत दुःखित भएको बताए ।

उनले मुलुकको विकास गर्न भन्दै अगाडि बढ्ने मान्छेको चरित्र हत्या गर्ने र खुट्टा तान्ने प्रवृत्ति बढेको भन्दै त्यसको उदाहरण लामिछाने भएको पनि बताए ।

उनले भेटमा आफूले वैकल्पिक शक्तिहरु मिलेर जानुपर्ने प्रश्ताव राखेकोमा लामिछाने सकारात्मक रहेको पनि बताए । उनले आफू वैकल्पिक शक्तिहरुको एकताको प्रयासमा रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =