उधौली जस्ता मौलिक पर्वहरू संस्कृतिको संरक्षण र सामुदायिक एकताको माध्यम हो : पूर्व सांसद चालिसे

काठमाडौं । किरात समुदायले आज देशभर उधौली पर्व विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइरहेका छन् । प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै भूमिपूजन र धान्यपुजनसमेत गरिने यो पर्वमा बिहानैदेखि राजधानीसहित विभिन्न स्थानमा किरात समुदायको सहभागिता बाक्लो देखिएको छ ।

आदिवासी किरात समाजले आज गोकर्णेश्वरमा आयोजित एक कार्यक्रममा निवर्तमान संघीय सांसद तथा पूर्व अर्थसमिती का सभापति सन्तोष चालिसेले उधौली जस्ता मौलिक पर्वहरू संस्कृतिको संरक्षण र सामुदायिक एकताको माध्यम भएको बताए । उनले भने, ‘उधौली हाम्रो पहिचान हो। नयाँ पुस्ताले यो पर्वको महत्त्व बुझेर निरन्तरता दिनुपर्छ। सांस्कृतिक जरा बलियो हुँदै गए मात्र सामाजिक सद्भाव र राष्ट्रिय पहिचान मजबुत हुन्छ ।’

कार्यक्रममा परम्परागत वाद्यवादन, नाच–गान, पूजा र सामूहिक शुभकामना आदानप्रदान गरिएको थियो ।

यस अवसरमा स्थानीय तहका जनप्रतिनिधि, समुदायका अगुवा र युवाहरूले सांस्कृतिक सम्पदा जोगाउन र आगामी पुस्तामा हस्तान्तरण गर्न संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =