२०२७ सम्म रूसी ग्यास आयात बन्द गर्न युरोपेली संघ सहमत

काठमाडौँ । युरोपेली संघका सदस्य राष्ट्रहरू र युरोपेली संसदले बुधवार २०२७ को शरद ऋतुसम्ममा रूसी ग्यासको सबै आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा पुगेका छन् ।

युरोपेली परिषद्को विज्ञप्तिअनुसार सम्झौताले रूसी तरल प्राकृतिक ग्यास र पाइपलाइन ग्यासको आयातमा चरणवद्ध प्रतिबन्धको लगाउने निर्णय गरेको हो ।

२०२६ को अन्त्यदेखि एलएनजी आयातमा पूर्ण प्रतिबन्ध लाग्नेछ । २०२७ को अन्तिममा पाइपलाइन ग्यास आयातमा प्रतिबन्ध लागू हुनेछ । यो कदमको उद्देश्य युरोपेली ऊर्जा बजारमा महत्त्वपूर्ण प्रभाव पार्ने रूसको ग्यास आपूर्तिको हतियारीकरण पछि रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु रहेको बताइएको छ ।

मिडिया रिपोर्टहरूका अनुसार अक्टोबरसम्म रूसले ईयू ग्यास आयातको १२ प्रतिशत हिस्सा ओगटेको थियो । जुन २०२२ मा ४५ प्रतिशत थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + thirteen =