नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये अर्का व्यक्ति प्राधिकरणकै तत्कालीन महानिर्देशक मुरारी भण्डारी रहेको अख्तियारले जनाएको छ ।

अख्तियारले दुवै जनालाई नियन्त्रणमा लिएर भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ताका लागि विशेष अदालतमा पेश गरेको हो ।

विशेष अदालतका उप–रजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार कुल ६ जना व्यक्ति र एक संस्थामाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

‘दुई जना पक्राउ परेका छन्, अरू फरार छन् । ६ जना र एउटा संस्थाविरुद्ध मुद्दा पेस भएको छ,’ उप–रजिस्ट्रार लामिछानेले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =