युक्रेन शान्ति योजनामा युरोपको समायोजन रूसलाई अस्वीकार्य: पुटिन
२०८२ मंसिर १७ गते

एजेन्सी । युक्रेन शान्ति योजनामा युरोपले प्रस्ताव गरेको समायोजन शान्ति प्रक्रियालाई अवरुद्ध गर्ने उद्देश्यले गरिएको भन्दै रूसलाई यो अस्वीकार्य रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
यी सबै परिवर्तनहरू एउटै कुरामा लक्षित रहेको उनको भनाइ छ । सम्पूर्ण शान्ति प्रक्रियालाई पूर्ण रूपमा अवरुद्ध गर्ने, रूसलाई पूर्ण रूपमा अस्वीकार्य मागहरू अगाडि बढाउने काम भएको पुटिनले बताए ।
उनीहरूको लक्ष्य शान्ति प्रक्रियाको पतनको लागि रूसलाई दोष दिनु रहेको आरोप लगाए । रूसले युरोपसँग युद्ध गर्ने इरादा नराख्ने तर युरोप अचानक लड्न चाहन्छ भने आफूहरू तयार रहेको चेतावनी दिए ।
२०८२ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








