देशको अवस्था नाजुक छ : कार्की
२०८२ मंसिर १६ गते

काठमाडौं । पत्रकार एवं राजनीतिज्ञ मधु कार्कीले देशको अवस्था नाजुक रहेको बताएकी छन् ।
मंगलवार काठमाडौंमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयवस्तुबारे आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएकी हुन् । उनले देशको अवस्था जनताले चाहेको जस्तो अझै नरहेको बताइन् ।
युवाले चाहेको सपना अझै पूरा हुन नसकेको उनको भनाइ छ । विगतको नेपालको राजनीतिले देश, जनता र युवालाई छुन नसक्दा गत भदौ २३ र २४ गतेको आन्दोलन भएको बताइन् ।
तर आन्दोलनले पनि राष्ट्रका लागि केही गर्न नसकेको उल्लेख गरिन् । देश पेण्डुलम अवस्थाबाट अघि बढिरहेको जिकिर गरिन् ।
उनले लोकतान्त्रिक व्यवस्थाले देशलाई केही दिन नसकेको बताइन् ।
२०८२ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित








